Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आयोजक कतारको दोस्रो पराजय

आयोजक कतारको दोस्रो पराजय

  • कतारमा भइरहेको विश्वकप फुटबलमा आजको दोस्रो खेलमा आयोजक कतारले दोस्रो पराजय भोगेको छ । दोस्रो खेलमा भएको हारसँगै आयोजक राष्ट्रको दोस्रो चरण प्रवेश गर्ने सम्भावना कम देखिएको छ । सेनेगलसँग कतार ३-१ ले पराजित भयो । 

    images
    images
    images

    खेलमा सेनेगलले कतारमाथि पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो । खेलको ४१ औँ मिनेटमा सेनेगलका बोलाए दीयाले पहिलो गोल गरेका थिए । खेलको ४८ औँ मिनेटमा फामेराह डेड्युओले सेनेगलका लागि दोस्रो गोल गरे । दोस्रो हाफमा कतारले आक्रामक खेल खेल्दै मोहम्मद मुन्तारीले ७८औं मिनेटमा हेड गर्दै गोल गरे ।

    यसपछि खेल बराबरीका लागि कतारले कुनै गोल थप्न सकेन । तर खेलको ८४औं मिनेटमा शेख डियाङ बाम्बाले सेनेगलका लागि तेस्रो गोल गर्दै विजयी सुनिश्चित पारे ।

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij