
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । ललितपुर क्षेत्र नं ३ मा मतगणना शुरू भएको छ । जवालाखेलस्थित स्थानीय विकास प्रतिष्ठानको हलमा मतगणना शुरू भएको हो । शुरुको एक सय मत गणना हुँदा घण्टी चिन्हका उम्मेदवार डा तोसिमा कार्कीले शुरूदेखि नै अग्रता लिएकी मतगणनास्थलमा रहेका एक प्रतिनिधिले जनाएका छन् ।
एक सय मत गणना हुँदा घण्टी चुनाव चिन्हमा ४७ मत प्राप्त भएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी पम्फा भुषालको भने २३ मत खसेको छ । एमालेको सूर्य चिन्हमा १९ मत खसेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij