Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इक्वेडरको विजयी सुरुवात

इक्वेडरको विजयी सुरुवात

  • विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ ।  आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई  २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन एनर भ्यालेन्सियाले दुई गोल गरे । 

    images
    images
    images

    भ्यालेन्सियाले खेलको १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता सुरुवाती  दिलाएका थिए ।  खेलको ३१ औं मिनेटमा भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । 
    यसअघि खेलको दोस्रो मिनेटमा पनि भ्यालेन्सियाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।

    यो जितसँगै समूह ए को इक्वेडरले एक खेलबाट ३ अंक जोडेको छ । आयोजक कतारले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij