
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । रसुवामा प्रहरीले डेढ करोड रुपियाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपी टिमुरेले भन्सार छली ल्याएको सो सामान सीमा इलाकाको अस्थायी ड्राइपोर्ट रसुवामा राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो । बिहीबार डेढ करोड रुपियाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमाण्डको संयुक्त टोलीले बरामद गरेको छ ।
बरामद गरिएको सामानमा महँगा मदिरा र चुरोटलगायतका रहेको सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ले जानकारी दिए । सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक गुरुङ कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो ।बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij