
Apr 19 2025 | २०८२, वैशाख ६ गते
मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरू गरेको छ । दूतावासबाट प्रवाह गरिने सेवा नेपाली श्रमिकहरू कार्यरत रहेको सहरमै प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले जनाएका छन् ।
बुधबार मलेसियाको जोहरवारूमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरेका छन् । गैरआवासीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको दूतावासको भनाई छ । उक्त कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सम्बन्धी सेवा लिएका थिए । राहदानी सम्बन्धिका सेवासँगै अन्य सेवाहरु पनि प्रदान गरिएको दुतावासले बताएको छ ।
विशेषत सुरक्षागार्ड र सरसफाइ सम्वन्धि श्रमिकको समस्या समाधानका लागि राजदूत पौडेलले दुई देशबीच भएको श्रम सम्झौता २०१८ र मलेसियाको श्रम कानुनअनुसार व्यवस्थित गर्न लागिएको बताए । मागपत्रमा व्यवस्था भएअनुसार आवास सुविधा, पारिश्रमिक र कार्यसमयलाई पालना गर्न पहल गरिने उनले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij