
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । भक्तपुरमा बुधबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा तीन तले घरमा आगलागी भएको हो ।
मध्यपुरथिमी नगरपालिका ६ राईटोल माथिल्लो कुण्डोलका ४९ वर्षका आत्माराम केसी र ४१ वर्षका हरिशरण केसीको घरमा आगलागी भएको जनाइएको छ ।
सो आगलागीमा परी मृत्यु हुनेमा आत्माराम केसीकी २५ वर्षकी छोरी अस्मिता रहेकी छन् । आगलागीबाट घाइते भएकी हरिशरण केसीकी १४ वर्षकी छोरी नित्माको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij