Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • काठमाडौं । आज दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा र दुईमा हिमपात हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    images
    images
    images

    साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका हिमाली भूभागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सोमबार रातको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij