
Apr 18 2025 | २०८२, वैशाख ५ गते
मानव तस्करीमा संलग्न भएकाे आराेपमा एक नेपाली दम्पतिलाई फिनल्याण्डको एक जिल्ला अदालतले जेल सजाय सुनाएको छ । फिनल्याण्डमा रेष्टुरेन्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याएर मानव तस्करीमा संलग्न भएको दोषी करार गरिएको हो ।
फिनल्याण्डको पिर्कान्मा जिल्ला अदालतले सापकोटा दम्पत्तिलाई जेल सजायसँगै क्षतिपूर्ति भराउने आदेश समेत दिएको छ ।डिलारामले ३ वर्ष ८ महिना जेल सजाय पाएका छन् भने उनकी पत्नी रिमाले २ वर्ष १० महिना जेल बस्नुपर्ने भएको छ । सापकोटा दम्पतिले नेपाली कामदारहरुलाई रेष्टुरेन्टमा जबरजस्ती बिहान सबेरैदेखि राति अबेरसम्म काम गर्न लगाउने र सातामा एक दिन पनि विदा नदिने साथै ती नेपाली कामदारहरुबाट उल्टै हजारौँ युरो रकम आफू -आफन्तका नाममा ट्रान्सफर समेत गर्न लगाएको अदालतले ठहर गरेको छ ।
अदालतले ६ जना नेपाली कामदारलाई पीडा दिएकोमा यी दम्पत्तिलाई सजाय सुनाइएको छ । जसमध्ये अदालतले ४ जनाको मानव तस्करी गरेको, एक जनाबाट जबरजस्ती असुली गरेको र अर्कोलाई रोजगारीमा विभेद गरेको प्रमाणित गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij