Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

राष्ट्रपति भण्डारी आइल्याण्डमा

राष्ट्रपति भण्डारी आइल्याण्डमा

  • काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने ‘रेक्जाभिक ग्लोबल फोरम– वमन लिडर्स’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी छन् । कार्यक्रम रेक्जाभिकमा ८ देखि १० नोभेम्बरसम्म हुनेछ । कार्यक्रमको आयोजना वमन पोलिटिकल लिडर्स ९डब्लुपीएल०, आइसल्याण्ड सरकार र आइरल्याण्डको संसदले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

    images
    images
    images

    राष्ट्रपतिलाई आइसल्याण्डको विदेश मन्त्रालयका शिष्टाचार महापाल र डेनमार्कस्थित नेपाली दूतावासका उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले रेक्जाभिक ग्लोबल फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ डब्ल्यूपीएल ट्रेलब्लेजर अवार्ड २०२२ ग्रहण गर्नेछिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij