
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’ मा सहभागिता जनाउन आज साँझ आइसल्यान्डको रेक्युभिकमा जाँदै छिन् । उक्त फोरममा विश्वभरबाट महिला नेतृहरुले भाग लिँदै छन् ।
उक्त फोरम आइल्यान्डको सरकारको महिला राजनीतिक नेतृत्व (डब्लुपीएल) र आइसल्यान्डको संसदको सह–आयोजक हुन लागेको हो । सन् २०१८ मा सुरु गरिएको उक्त फोरममा राजनीतिक, व्यवसाय, नागरिक समाज, शिक्षा, कला र मिडिया लगायतका क्षेत्रहरूमा महिला नेताहरूलाई वार्षिक रुपमा बोलाइन्छ । यो लैंगिक समानता, सशक्तीकरण र महिला नेतृत्वमा उत्कृष्ट अभ्यासहरूमा विचार आदान-प्रदान गर्ने एक मन्च हो ।
उक्त अवसरमा महिला राजनीतिक नेतृत्व (डब्लूपीएल) ले राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्लूपीएल ट्रेलब्लेजर अवार्डद्वारा सम्मानित गर्ने निर्णय गरेको छ । उक्त अवार्ड प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान र पूर्वमहिला राष्ट्रपति तथा प्रधानमन्त्रीहरूलाई दिने गरिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij