Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इन्टर मिलानमाथि युभेन्ट्सको सहज जित

इन्टर मिलानमाथि युभेन्ट्सको सहज जित

  • इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले इन्टर मिलानमाथि सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा इन्टर मिलानलाई २–० ले पराजित गरेको हो ।

    images
    images
    images

    युभेन्ट्सको जितमा एड्रिएन राविओट र निकोलो फाजिओलीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको ५२औं मिनेटमा एड्रिएनको गोलबाट युभेन्ट्सले अग्रता लिन सफल भयो ।

    उनले फिलिप कोस्टिकको पासमा गोल गरे । ६३औं मिनेटमा डानिलोले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा युभेन्ट्स अग्रता दोब्बर पार्नबाट चुक्यो ।

    ८४औं मिनेटमा फिलिप कोस्टिककै पासमा निकोलो फाजिओलीले गोल गर्दै युभेन्ट्सको २–० को जित पक्का गराए । यस जितसँगै युभेन्ट्स १३ खेलबाट २५ अंक जोडेर पाँचौं स्थानमा उक्लदा पराजित इन्टर २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij