Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मंसिरमा यी डीआइजी, एआईजी बन्ने पक्कापक्की !

मंसिरमा यी डीआइजी, एआईजी बन्ने पक्कापक्की !

  • काठमाडौं । नेपाल प्रहरीमा तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी रिक्त भएको छ । मंगलबारदेखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अरुणकुमार बिसिले ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि प्रहरीमा तीन एआईजीको दरबन्दी रिक्त भएको हो ।

    images
    images
    images

    उच्च स्रोतका अनुसार यहि कार्तिक २४ गते उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारीमा रहेका एआईजी रबिन्द्रबहादुर धानुकले पनि ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन् । धानुकको अवकाशपछि नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुने र त्यसपश्चात् मात्रै चार डीआईजीलाई एआईजीमा बढुवाको लागि सिफारिस गर्ने सम्भावन प्रबल छ ।

    एआईजी बढुवाको लागि जेष्ठतामा डीआईजीहरु नलप्रसाद उपाध्याय, मसाउद आलम खाँ र मोहनकुमार आचार्य पनि दावेदार छन् । तर भावी नेतृत्वको प्रतिस्पर्धाको लागि पछिल्लो ब्याचका चार डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने सरकारी रणनीति छ । पछिल्लो ब्याचबाट डीआईजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापाले आगामी मङ्सिर महिनामै एआईजीको फुली लगाउने पक्कापक्की भएको बुझिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij