
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो ।
२० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ । उनीसँग प्रहरीले बयानसमेत लिइसकेको छ ।
प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij