
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आइतबारदेखि सुरु हुँदै छ । कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यो दिन काग तिहारका रूपमा प्रचलित छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ ।
तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार खान दिएर पूजा गरिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।
तिहारको तेस्रो तथा महत्त्वपूर्ण दिन लक्ष्मीपूजा हो । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत बिहान गाईको र साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । कृषि व्यवसायमा गोरुले पु-याएको योगदानको कदर गर्दै तिहारको चौथो दिन गोरु एवं गोवद्र्धन पर्वतको प्रतीकको पूजा गरिन्छ ।
तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाइदिई मखमली र सयपत्री फूलको माला लगाइदिएर सगुन खान दिने प्रचलन छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij