
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । पशुपति गौशाला धर्मशालामा सम्झौता विपरीत बनाइएका संरचना हटाइने भएको छ ।
३५ दिने समय दिँदै पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिलाई यस्तो संरचना हटाउन निर्देशन दिएको हो । सञ्चालक समिति मारवाडी सेवा समितिबाट पशुपति गौशाला धर्मशाला सञ्चालनमा रहेको छ ।
२६ असोजमा पत्र लेख्दै, गौशाला धर्मशाला सञ्चालन उद्देश्य अनुसार नभएको समितिलाई जानकारी गराएको थियो ।
तोकिएको समयमा सो संरचना नहटाएमा कोषले नियम अनुसार गर्ने समेत सूचित गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij