
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । ललितपुरस्थित जावलाखेलको खेल मैदानमा १५ औँ गोदावरी पुष्प मेला बिहीबारदेखि सुरू भएको छ । सो मेला आजदेखि ४ दिनसम्म लाग्ने जनाइएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ फूलको प्रतियोगिता तथा प्रदर्शनी व्यापार मेला सुरू भएको हो ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा गोदावरी फूलको व्यवसायिक विस्तार तथा विकास गर्ने उद्देश्यले पुष्प प्रदर्शनी गरिँदै आएको हो । मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेका छन् ।
उक्त प्रदर्शनीमा पहिलो भएको सम्झना नर्सरीले सर्वोत्कृष्ट उत्कृष्ट रिफ्लेक्स, उत्कृष्ट स्पाइडर र उत्कृष्ट इस्टलको पुरस्कार जितेको छ । यस्तै दोस्रो भएको थापा नर्सरले उत्कृष्ट इन्क्रपतर्फको पुरस्कार जितेको छ । यसैगरी तेस्रो भएको टी आर आर बंगलामुखी नर्सरीले उत्कृष्ट मिनेचरतर्फको पुरस्कार जितेको छ ।
आयोजकले पुष्प मेलामा ३७ हजार सर्वसाधारण अवलोकनका लागि आउने बताए । मेलामा ८० लाखभन्दा बढी फूलको व्यापार हुने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij