
Apr 19 2025 | २०८२, वैशाख ६ गते
कविताः तिहार
ढकमक फूलले, ढाके फूलबारी
झिलिमिली बत्ती बले घर आँगनभरि
गाउँ सहर सबैतिर, उमङ्गको बहार,
आहा! कति रमाइलो, हाम्रो पर्व तिहार ।।
चारैतिर हरियाली छ, हट्यो धूलो मैलो,
आऊ साथी सबै मिली, खेलौँ द्यौसी भैलो
जुटौँ सबै एकतामा हिमाल तराई पहाड
यही हो मेरो सबैभन्दा, रमाइलो चाड ।।
कागपूजा, कुकुरपूजा, लक्ष्मी अनि गाईको
गोबर्धनको पूजापछि, पालो दाजु भाईको
सबैतिर सुखशान्ति, असल उच्च भावना
सबैलाई छ दीपावलीको, शुभ कामना ।।
- नरिश्वर गौतम
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij