
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैँ । कात्तिक महिनाका लागि बैंकको ब्याजदर नबढ्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी कात्तिक महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेको हो । अघिल्लो महिना अर्थात् भदौ मसान्तमा संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै छाडिदिने निर्णय गरेको थियो । जसअनुसार बैंकहरुले असोज महिनाका लागि आफूखुशी निक्षेपको ब्याजदर १० प्रतिशतले बढाएका थिए ।
बढेको ब्याजदर अनुसार हाल बैंकिङ ब्याजदर अधिकतम १३.१३ प्रतिशतसम्म पुगेको छ । यद्यपि, केही बैंकहरुले भने १५ प्रतिशतसम्म पुर्याएको र कर्जाको ब्याजदर १८ प्रतिशत माथि पुगेको भन्दै यता उद्योग व्यवसायीहरुले विरोध जनाइरहेका छन् ।
संघको पछिल्लो निर्णयले कात्तिक महिनाका लागि पनि बैंकिङ ब्याजदर १२.०३ प्रतिशत कायम हुने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij