Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

शेयर बजार साढे ९ अंकले घट्याे

शेयर बजार साढे ९ अंकले घट्याे

  • काठमाडाैँ । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयरबजार परिसूचक नेप्से आज आइतवार नौ दशमलव ६९ अंकले घटेर एक हजार आठ सय ६० दशमलव ९४ विन्दुमा पुगेको छ । आज बैंकिङ र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले घटेको छ ।

    images
    images
    images

    नेप्से सूचक घटेकाे दिन दुई सय २१ वटा कम्पनीकाे २५ लाख ७४ हजार कित्ता शेयर ८० करोड ३५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको आठ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भयो ।  

    आज पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशत र सिटिजन्स बैंकको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अभियान लघुवित्तको शेयर १० प्रतिशत र स्टान्डर्ड चार्टर्ड बैंकको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij