
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । माओवादी केन्द्र संखुवासभाले बागी उम्मेदवार उठेका छिरिङ शेर्पालाई कारबाही गरेको छ । माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य रहेका शेर्पा साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका हुन् ।
बुधबार विज्ञप्ति जारी गर्दै पार्टीको हित तथा गठबन्धनको भावना र मर्मविपरीत उम्मेदवारी दिएकाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राई (उदय)ले बताएका छन् ।
निर्वाचन आयोगबाट पानीको धारा चुनाव चिह्न पाएर शेर्पा चुनावी प्रचारप्रसारमा लागिसकेका थिए । उनले माओवादी केन्द्र र अन्य राजनीतिक दलहरूको प्रवृत्तिबाट असन्तुष्ट रहेको अभिव्यक्ति दिँदै आएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij