
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडाैँ । नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई आज (विहिबार) हिरासतमा राख्न थप अनुमति लिनका लागि काठमाडौं जिल्ला अदालत लगिँदै छ ।
नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई २० गतेदेखि लागू हुने गरि ७ दिनका लागि म्याद थप गरिएको थियो । त्यो समय आज सकिएपछि प्रहरी थप समय हिरासतमा राख्नका लागि म्याद थप गर्न अदालत लैजान लागको हो ।
उनलाई १७ वर्षीया भनिएकी किशोरीलाई बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत गौशालामा जाहेरी परेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij