Jun 04 2026 | २०८३, जेठ २१ गते
हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा साउन २२ देखि असोज ६ गतेसम्मको अवधिमा हराएका ३ सय २९ जना मानिसमध्ये २ सय ३३ जना फेला पारेको उल्लेख छ ।
प्रदेशसँगको समन्वयमा रहेका १० वटा जिल्लामा भएका गतिविधिहरू सो अवधिमा भएका कामको विवरण सार्वजनिक गर्दै बागमती प्रहरी प्रदेश कार्यालयले आफ्नो प्रगति विवरण सार्वजनिक गरिएको बागमती प्रदेश प्रमुख डीआईजी किरण बज्राचार्यले बताउनुभयो ।
यस्तै, यस अवधिमा लागुऔषधका ९४ वटा मुद्दामा १२९ जनालाई पक्राउ गरेको छ । २ हजार ३ सय २० केजी गाँजा, ९५ केजी चरेश, २ केजी अफिम, १९४ ग्राम खैरो हेरोइन, दुई थान नाइट्रोजन ट्याब्लेट, ८८६ थान डाइजोपाम, ५३४ थान फेनरागन, ६६७ थान नुर्फिन, १५१ थान बुर्फिन/नर्पिन र ११० थान नाइट्रोजेपाम बरामद गरेको प्रतिवेदनमा उल्लेख छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij