
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने दुइ जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त थानकोटको टोलीले नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि–९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई पक्राउ गरेका छन् ।
घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जनाएका छन् ।
उनीहरुसँग सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद ६० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij