Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डिआइजी बज्राचार्यको चाडपर्व लक्षित सुरक्षा दस्तावेज

डिआइजी बज्राचार्यको चाडपर्व लक्षित सुरक्षा दस्तावेज

  • काठमाडौँ । बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दसैँ, शुभ दीपावली र छठ) लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले उक्त विशेष सुरक्षा योजना सार्वजनिक गर्नुभएको हो ।

    onlinepatrika
    Arghakhachi

    चाडपर्व सुरु भइसकेको अवस्थामा सो समयमा हुने आपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना लागु गरिएको डिआइजी बज्राचार्यले बताउनुभयो । चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरूप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तर्राष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सीमा नाकामा तालिम प्राप्त प्रहरी कुकुरसहित नियमित तथा सर्प्राइज चेकजाँचको व्यवस्था मिलाइएको छ । 

    AGNI GROUP


    नियमित क्युआरटी टोली परिचालन गर्ने, मोबाइल गस्ती परिचालन गर्ने, प्रमुख धार्मिकस्थल, बैङ्किङ तथा वित्तीय संस्थामा प्रहरी परिचालन गर्ने र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कालो बजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने सुरक्षा योजनामा उल्लेख छ । चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप जनपद, ट्राफिक तथा सादा पोसाकमा समेत गरी जम्मा ५ हजार ३३२ जना प्रहरी टोली परिचालित हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij