
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनका परिवारका सदस्यहरुले उनको निधनको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरुका अनुसार रहेको छ ।
हार्ट अट्याकपश्चात उनलाई अस्पताल पुराइएको थियो । नयाँदिल्लीको एम्स अस्पातलमा राजु ४२ दिनदेखि उपचाररत थिए ।
एम्समा राजुको एन्जियोप्लास्टी गरिएको थियो । जसमा मुटुको ठूलो भागमा शत प्रतिशत ब्लकेज भेटिएको थियो । चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था गम्भिर रहेको जनाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij