Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । एनएमबि बैंकले प्लाष्टिकरहित सस्तो बजारको आयोजना गर्न लागेको छ । दसैं र तिहारलाई लक्षित गरी एनएमबि बैंकले उक्त बजार आयोजना गर्न लागेको हो ।
आफ्ना ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवर्द्धन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी एनएमबि बैंकले यो बजार आयोजना गर्न लागेको हो दैनिक जीवनमा आवश्यक सामान क्युआर/पोसमार्फत सहूलियत मूल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ ।
यही असोज ८ गते सानेपा हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखी बेलुका ५ बजे सम्म सुपथ बजारको आयोजना गर्न लागेको एनएमबि बैंकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij