
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा अदालतबाट दोषी ठहरिएका २१ जनालाई आम माफी दिएकी छन् । आम माफी पाएकामध्ये १९ जना कैद जीवन बिताइरहेका थिए भने २ जना जेलभन्दा बाहिरका थिए ।
गृहमन्त्रालयमा दिएको निवेदन अनुसार राष्ट्रपतिले आममाफी दिने प्रचलन रहेको छ । साथै ६ सय ८१ जना कैदीले कैद मिनाहा पाएका छन् ।
राष्ट्रपतिले ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीलाई असल चालचलन र मुद्धाको प्रकृतिका आधारमा कैद मिनाहा गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij