ललितपुर । नाईटिंगेल स्कूलकी प्रिन्सिपल रञ्जना प्रधान शिक्षाज्योति पदकबाट सम्मानित हुने भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिक्षाज्योति सम्मानबाट विभुषित हुने भएकी हुन् । शिक्षा क्षेत्रमा निरन्तर तीन दशक सक्रिय प्रधानले यो मूल्यांकनले थप हौसला मिलेको बताउनुभयो ।