
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् । प्याराग्लाइडिङ सञ्चालन गर्ने अनुमति दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो ।
उनको कारको खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ अख्तियारको टोलीले बरामद गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij