
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । लामो समयदेखि स्थिर रहेको ब्याजदर असोजबाट बढ्ने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार भएको बैठकले ब्याजदरमा हेरफेर गर्ने निर्णय गरेको हो । अहिले बैंकहरूले साधारण मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् ।
रेमिटेन्समा १२.०३ प्रतिशत र संस्थागतको अधिकतम ९.३ प्रतिशत ब्याज छ । करिब १ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याज बढ्ने बुझिएको छ । पछिल्लो समय अर्थतन्त्रमा केही सहज भएको र रेमिट्यान्स पनि बढ्न थालेकाले ब्याजदरमा हेरफेर गर्ने निर्णय गरिएको संघका एक सदस्यले जानकारी दिए ।
एक वर्ष अघिदेखि बैंकर्स संघले सहमतिमा एकै खालको ब्याजदर निर्धारण गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij