Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

एघार हजारभन्दा बढीमा डेंगु पुष्टि

एघार हजारभन्दा बढीमा डेंगु पुष्टि

  • काठमाडौँ । नेपालमा डेंगुका बिरामी ११ हजार ६५ पुगेका छन्। गत साउनदेखि हालसम्ममा देशभर ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    सबैभन्दा धेरै बागमती प्रदेशमा ८ हजार ३ सय ९० जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार ४ सय २१, प्रदेश १ मा ३ सय ४७, सुदूरपश्चिममा ३ सय २३, गण्डकीमा २ सय २४, मधेश प्रदेशमा १ सय ९८ र  कर्णाली प्रदेशमा १६२ जनामा डेंगु संक्रमण देखिएको छ।

    AGNI GROUP

    नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच  सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै संचालन गर्ने भएको छ। मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान संचालन गर्न आग्रह गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij