
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त राजदूतद्वय हरिश्चन्द्र घिमिरे र डिल्लीराज पौडेलले राजदूत पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित समारोहमा घिमिरेले म्यानमार र पौडेलले मलेसियाका लागि राजदूत पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत अन्य उच्च अधिकारीको उपस्थिति थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij