
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । हिमानी ट्रष्ट फाउन्डेसनका अध्यक्ष पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् ।
चाइना फाउन्डेसनको सहयोगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूर्ण विद्यालयका बालबालिकालाई सामग्री वितरण गरको हो । हिमानी शाहको उपस्थितिमा २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बोत्तल, झोला लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।
जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरेको ट्रष्टले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij