Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • काठमाडौँ । काठमाडौं महानगरपालिका–१४ कलंकीमा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

    images
    images
    images

    मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डंगोल रहेका भने गम्भीर घाइते हुनेमा पछाडि सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन रहेका छन् ।

    दुवैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार हुने क्रममा चालक डंगोलको मृत्यु भएको जनाइएको हो ।

    डंगोलले चलाएको प्रदेश ३-०२-००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij