Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सन्दीपद्वारा आरोप अस्वीकार

सन्दीपद्वारा आरोप अस्वीकार

  • काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको नाबालिग बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूलाई आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । यद्यपि कानुनको सम्मान गर्दै आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको बताएका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे बोल्दै उनले सही अनुसन्धानमा पनि जोड दिएका छन् । ‘म निर्दोष छु र मलाई नेपालको कानुनप्रति पूर्ण भरोसा छ’, लामिछानेको जिकिर छ । केही दिनमै आफू स्वदेश फर्किन लागेको र सबै निराधार आरोपको सामना गर्न तयार रहेको उनको भनाइ छ । 

    लामिछानेमाथि १७ वर्षीया नाबालिग बलात्कारको आरोप छ । उनीविरुद्ध मंगलबार प्रहरीमा उजुरी परेको थियो भने बिहीबार पक्राउ पुर्जी पनि जारी भएको छ । यस्तै नेपाल क्रिकेट संघले पनि बिहीबार नै उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij