Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

ललितपुरमा माओवादीबाट कोको भए उम्मेदवार सिफारिस( नामसहित)

ललितपुरमा माओवादीबाट कोको भए उम्मेदवार सिफारिस( नामसहित)

  • ललितपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ललितपुरका ३ वटा प्रतिनिधिसभा र ६ वटै प्रदेशसभा सदस्यका लागि आकांक्षी उम्मेदवारहरुको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ। माओवादी केन्द्रको जिल्ला कमिटि बैठकले प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न चाहेका नामका विषयमा छलफल गरी सिफारिस गरेको पार्टी जिल्ला समन्वय कमिटिका सचिव लोक बहादुर पुलामीले जानकारी दिएका छन्।

    images
    images
    images

    माओवादी केन्द्र सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सहभागी हुने भनिए तापनि पार्टीले औपचारिक रुपमा सबै क्षेत्रमा उम्मेदवारका नामहरु सिफारिस गरेको छ । जसअनुरुप प्रतिनिधिसभातार्फ़ क्षेत्र नं १ मा गङ्गा पराजुली, क्षेत्र नं २ तर्फ बाबुराजा बज्राचार्य र श्याम कृष्ण महर्जन तथा ३ नं क्षेत्र तर्फ तर्फ पम्फा भूषाल र सूर्यमान महर्जनको नाम सिफारिस गरिएको छ। संघको समानुपातिकमा भने १ नं बाट लोक बहादुर पुलामी (दिपक), २ बाट पदमा कुमारी राई र अर्जुन कुमार थापालाई सिफारिस गरेको छ।

    प्रदेश तर्फ भने निर्वाचन क्षेत्र नं १ को क तर्फ़ प्रत्यक्षको लागि हरि दाहाल, राजु आले मगर,नवराज ढुंगाना, रामप्रसाद आचार्य,राजेन्द्र मोक्तान, प्रेम बहादुर मोक्तानको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ महिलाबाट लालकुमारी पुन र मिङ्गमा लामा,आदिवासी जनजातिबाट गोपीलाल सिंतान र प्रेम बहादुर गोले, दलित बाट अम्बर परियार,खस आर्य बाट राम प्रसाद दाहाल र खोम प्रसाद दाहाल तथा अल्पसंख्यकबाट मुकुन्द पहरीको नाम सिफारिस गरिएको छ।

    १ नं को प्रदेश ख तर्फ प्रत्यक्षमा गोपाल प्रसाद न्यौपाने ‘र काशिनाथ सापकोटाको नाम सिफारिस गरिएको छ। समानुपातिकमा महिलाबाट कमला थापा मगर,जनजाति बाट बेलबहादुर लामा र भाग्यराम महर्जनको नाम सिफारिस गरिएको छ। २ नं निर्वाचन क्षेत्रको क तिरबाट प्रत्यक्ष तर्फ रामगोपाल सिङ, उमंग केसी,सुमन कुमार केसी, राजेन्द्र अमात्य र धनकुमार मैनालीको नाम सिफारिस भएको छ। समानुपातिकबाट कृष्ण कुमार महर्जन,रामहरि बजगाईं,नेत्र बहादुर पुलामी,काजीरत्न महर्जन,बबिता रणपैली,लक्ष्मी बहादुर महर्जन र रोशनी थापा सिलवालको नाम सिफारिस भएको छ। २ नं ख बाट प्रत्यक्षमा सरोज सिङ डंगोलको एकल नाम सिफारिस भएको बताईएकोछ।

    क्षेत्र नं ३ क बाट प्रत्यक्षमा दिनेश महर्जन, राजकाजी महर्जन, न्हुच्छे बहादुर महर्जन र अर्जुन बहादुर कार्कीको नाम सिफारिस भएको छ भाने समानुपातिकमा महिलातर्फ उर्मिला कुमारी लामा,जनजाति तर्फ दीपेन्द्र श्रेष्ठ,किरण कुमार थापा मगर र हिराबहादुर थापाको नाम सिफारिस भएको छ। प्रदेश ख तर्फ प्रत्यक्षमा अनुमान श्रेष्ठ, समानुपातिकमा अमिर शाक्य र कुलाल संगोलाको नाम सिफारिस गरिएको छ।

    गठबन्धनमा रहेको माओवादीले २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनबाट संघमा ललितपुर ३ बाट वर्तमान उर्जा, जलश्रोत तथा सिचाई मन्त्री पम्फा भूषालले जितेकी थिइन् भने प्रदेश तर्फ १ नं क मा लालकुमारी पून सुशीला र ३ को क मा राजकाजी महर्जनले जितेला थिए। यसपटक पनि माओवादीले सत्ता गठबन्धनमा यिनै ३ सिट पाउने चर्चा छ। माओवादीका एक जिल्ला समन्वय समिति सदस्यले ललितपुरमा हरि दाहाल ललित, पम्फा भूषाल र राजकाजी महर्जननै पार्टीको आधिकारिक उम्मेदवार रहेको जानकारी दिएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij