
Apr 10 2025 | २०८१, चैत २८ गते
ललितपुर । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि ललितपुर १ मा एमालेबाट यसअघि नै निर्वाचित सांसद नवराज सिलवाल सर्वसम्मत सिफारिस भएका छन् । आइतबार बसेको निर्वाचन क्षेत्रीय संयोजन कमिटिको बैठकले पार्टी प्रदेश कमिटी सदस्यसमेत रहेका सिलवाललाइ सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रदेशतर्फ भने बहुआकाङ्क्षी देखिएर आफ्नो दावी नछोडेपछि सोहीअनुसारको नाम जिल्ला कमिटिमा सिफारिस गर्ने निर्णय भएको छ । प्रदेश क तर्फ प्रदेश सभा सदस्यको लागि पार्टी प्रदेश कमिटि सचिवालय सदस्य मधुसुदन पौडेल,प्रदेश कमिटी सदस्यहरु रामकृष्ण हुमागाइँ,रामचन्द्र दहाल,जिल्ला कमिटी सदस्य रमेशचन्द्र घिमिरे,गौरी अधिकारी,कृष्ण प्रसाद सापकोटा,नगर कमिटि अध्यक्ष प्रभाकर थापालाई सिफारिस गरिएको छ । यसैगरी गणेश आचार्य र रामशरण घिमिरेको नाम पनि सिफारिस गरिएको छ ।
यसैगरी ख प्रदेशतर्फ वर्तमान प्रदेश सांसद तथा पार्टी प्रदेश कमिटी सदस्य चेतनाथ सञ्जेल,प्रदेश कमिटी सदस्य मिठाराम केसी, नवराज तिमल्सिना ,राजेन्द्र न्यौपाने ,तिलक लामा र भवानी बजगाइँको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको छ । सिफारिस भएका नामलाई जिल्ला कमिटिमा छलफल गरि त्यहाँबाट पनि टुङ्याउन नसके प्रदेश कमिटिमा पठाईनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij