
Apr 07 2025 | २०८१, चैत २५ गते
सरिना महर्जन
ललितपुर । खोकनामा संचालित शिकाली बहुउद्देश्यीय सहकारी संस्थामा चोरी भएको छ । चार जनाको समूहले सहकारीको ढोका फोडेर चोरी गरेको बताइएको छ । सहकारीमा जडान गरिएको सीसीटिभीमा चोरी भएको रेकर्डको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
सहकारीबाट ५१ हजार नगद चोरी भएको संस्थाका अध्यक्ष तीर्थराम डंगोलले अनलाइन पत्रिकालाई बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij