
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । राजस्व चुहावटको आरोपमा तीन जना विरुद्ध १० करोड रुपैयाँ बराबरको राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा धिरज कुमार जसवाल, सुमन कुमार श्रेष्ठ र राहुल कुमार जसवाल विरुद्ध विभागले शुक्रबार मुद्दा दायर गरेको छ ।
उनीहरुले श्री जयदुर्गा ट्रेडर्समार्फत ५ करोड ४६ लाख ५१ हजार ३३८ रुपैयाँ राजस्व छली गरेको विभागको आरोप रहेको छ । जयदुर्गा ट्रेडर्सले मुल्य अभिवृद्धि कर तर्फ एक करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकर तर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ करछली गरेको विभागको आरोप रहेको छ ।
विभागले दायर गरेको मुद्दामा शतप्रतिशत विगोदावी सहित १० करोड ९३ लाख २ हजार ६७६ रुपैयाँ मागदावीसहित हदैसम्मको कारवाही गरिपाउँ भनि अदालतमा मुद्दा दायर गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij