
Apr 22 2025 | २०८२, वैशाख ९ गते
बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलमा युनियन बर्लीनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । शनिबार राती बर्लीनको घरेलु मैदानमा भएको खेलमा बायर्नले बराबरी खेल्दै अंक बाडेको हो ।
खेलको १२ औं मिनेटमा सेराल्डो बेकरले गोल गर्दै बर्लीनलाई अग्रता दिलाएका थिए । बायर्नका लागि खेलको १५ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै टिमलाई हारबाट जोगाए ।
बराबरीसँगै बायर्नले ५ खेलमा ११ अंक जोडे तालिकाको तेस्रो स्थानमा छ । पराजित बर्लीन ११ अंक जोडेर चौंथो स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij