Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

पार्टी प्यालेसभित्र देउराली सहकारीले पोखेको पीडा

पार्टी प्यालेसभित्र देउराली सहकारीले पोखेको पीडा

  • ललितपुर। देउराली बहुउद्देश्यीय सहकारीले ठूला बचतकर्तालाई पैसाको सट्टा जग्गा दिने अफर ल्याएको छ । जग्गा लिन पैसा नपुग्ने बचतकर्तालाई सामुहिक जग्गा पासगरि दिनेदेखि २ वर्षपछि जग्गा फिर्ता लिएर पैसा लिनेसम्मको अफर सहकारीका अध्यक्ष रविन्द्र चौलागाईँले ल्याएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो समय बचतकर्ताको पैसा फिर्ता गर्न नसकेर समस्यामा परेको यस सहकारीका अध्यक्ष चौलागाईँले बचतकर्ताहरुलाई एक पार्टी प्यालेसमा बोलाएर आफू कारोबार सल्ट्याउने पक्षमा रहेको बताउदै सबै शिर्षकमा रहेका बचत रकमलाई दुई भागमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना सुनाएका छन् ।

    AGNI GROUP

    ५ लाख सम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाख भन्दामाथीका लागि ठुलो बचतकर्ताको रुपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना अघि सारेका छन् । चौलागाईँले चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नं ६ मेघौलीमा रहेको ५७ विगाहा जग्गालाई १ हजार २ सय ६७ प्लटमा प्लटिङ गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij