Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

  • काठमाडौँ । आज बिहीवार शेयर बजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा झन्डै २२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १.०८ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव २९ विन्दुमा झरेको छ ।

    images
    images
    images

    आज बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य घटेको छ । अरू समूहको शेयर सामान्य बढेको छ । यस्तै दुई सय २५ वटा कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज राप्ति हाइड्रो र गणपति लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij