Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

घुम्दाघुम्दै सीडीओमाथि राहु

घुम्दाघुम्दै सीडीओमाथि राहु

  • काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका पूर्वसीडीओसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

    onlinepatrika
    Arghakhachi

    भरतपुर गाविसअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार भएको अख्तियारको आरोप छ । सो कार्यमा संलग्नलाई कारबाहीको मागका सम्बन्धमा अनुसन्धान हुँदा  नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको नाममा रहेको जग्गाको मुआब्जा वितरण गर्ने क्रममा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनुपर्ने रकम हिनामिना गरेको फेला परेको अख्तियारको दाबी छ ।

    AGNI GROUP

    सोही कारण विशेष अदालत, काठमाडौंमा बुधबार आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij