Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेकपाको बैंक खाता रोक्न राष्ट्र बैंकको निर्देशन

नेकपाको बैंक खाता रोक्न राष्ट्र बैंकको निर्देशन

  • काठमाडौं । प्रतिनिधि सभा विघटनपछि सत्तारुढ (नेकपा) विभाजनमा पुगेसँगै नेताहरु बोलेर वा सांकेतिक रुपमा एकअर्कालाई जवाफ दिइरहेका छन् ।

    images
    images
    images

    एकअर्कालाई कटाक्ष गर्न दुई पक्षका नेताहरु उद्यत देखिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका सबै बैंक खाता रोक्का हुने भएको छ ।

    पार्टी फूटेसँगै नेकपाको सम्पति रोक्का गर्न माग गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सबै बैंकहरुलाई पत्राचार गरेसँगै राष्ट्र बैंकले निर्वाचन आयोग वा अदालतको आधिकारिक निर्णय नआएसम्मका लागि नेकपाको नाममा रहेको सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको छ ।

    स्रोतका अनुसार आज कार्यालय समयभन्दा पछि जानकारी आएकाले राष्ट्र बैंकले भोली सबै बैंकहरुलाई औपचारिक रुपमा निर्देशन दिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij