
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
४ हजार ११ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५२५ जनाको पिसिआर परीक्षण गर्दा १४५ र २४८६ जनाको परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो।
२२३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्। सोमबार यसको संक्रमणबाट कसैको मृत्यु भएको छैन। देशभर ३२३५ जना सक्रिय संक्रमित छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij