Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेसका पदाधिकारी शीतलनिवासमा

कांग्रेसका पदाधिकारी शीतलनिवासमा

  • काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका पदाधिकारीहरुलाई शीतलनिवास बोलाएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा लगायत पदाधिकारीले राष्ट्रपतिसँग भेट गरी नागरिकता लगायतका विषयमा छलफल गर्ने इच्छा देखाएपछि उनले आज शीतलनिवास बोलाएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि नागरिकता पास गर्न आफुले अवरोध नगर्ने बताइरहेका बेला राष्ट्रपतिले केही बुँदा संशोधन गर्नपर्ने इच्छा प्रकट गरेपछि यसै विषयमा छलफल गर्न कांग्रेस पदाधिकारीहरु शीतलनिवास जान लागेका हुन् ।

    AGNI GROUP

    नागरिकता विधेयकलगायत विषयमा छलफल गर्न कांग्रेस सभापति, उपसभापति, महामन्त्रीसहितका नेताहरू दिउँसो २ बजे शीतलनिवास पुगेर राष्ट्रपतिसँग छलफल गर्ने प्रधामन्त्री देउवाको निजि सचिवालयले जानकारी दिएको छ ।

    राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक त्यहाँबाट जस्ताको त्यस्तै पारित भइसकेको छ । त्यसपछि राष्ट्रियसभामा पुगेको उक्त विधेयकलाई आइतबार विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij