
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बस्ने भएकाे हाे । बैठकमा वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएकाे छ ।
कानूनमन्त्री गोविन्द कोइरालाले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु हुने कार्यसूची रहेको छ । यसैगरी, राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा पनि सदनमा जानकारी गराइने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij