
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । मधेस प्रदेश सरकारले निहारिका सिंह राजपुतलाई आर्थिक सहयोग दिने भएको छ । मधेस प्रदेश सरकारले मन्त्रिपरिषद्को निर्णय अनुसार निहारिका सिंह राजपुतलाई कानूनी लडाईंका लागि ५ लाख रुपैयाँ दिने भएको छ। शुक्रबार बसेको मधेस सरकारको मन्त्रिपरिषद्को बैठकले राजपुतलाई ५ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।
न्यायका लागि संघर्ष गरिरहेकी राजपुतलाई कानुनी लडाइँका लागि कानुनी तथा आर्थिक सहयोग गर्न मुख्य न्यायाधिवक्ताको सिफारिसमा ५ लाख दिने निर्णय भएको अर्थमन्त्री साहले बताए।
राजपूतले आफू बलात्कारमा परेको र बच्चा जन्मिएको भन्दै बलात्कारका आरोपी र बच्चाको डीएनए परीक्षणको माग गर्दै आएकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij