Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

२ लाख रकम ठगी गर्ने युवा पक्राउ

२ लाख रकम ठगी गर्ने युवा पक्राउ

  • काठमाडौँ । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-५ घर भई हाल काठमाडौंको भीमसेनगोलामा बस्‍ने ३८ वर्षीय शान्त कुमार देवान रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागको टोलीले कागेश्वरी मनहरा नगरपालिका काँडाघारीबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    उनले पीडित गोकुल भण्डारीलाई वर्किङ भिसामा क्राएसिया पठाइदिन्छु भनी २ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका शान्त कुमार देवानलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij