Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आज पञ्चदान पर्व मनाईंदै

आज पञ्चदान पर्व मनाईंदै

  • काठमाडाैँ । बौद्ध संस्कृति अनुसार आज पञ्चदान पर्व मनाइंदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । यस पर्वमा बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने गरिन्छ ।

    images
    images
    images

    दिपंकर बुद्धलाई बुद्धको पाँच रुपमा मानिन्छ ।  भिक्षुहरुलाई भिक्षा दान दिए भने पाँच दिपंकरलाई जमिनबाट उब्जिएको काँचो खाद्यबस्तु धान, मकै, गहू, भटमासका साथै अन्य अन्न र फलफुल चढाउने परम्परा छ ।

    बौद्धधर्ममा दीपंकर बुद्धलाई बौद्ध धर्मका प्रबर्तक शाक्यमुनि बुद्धलाई भविष्यमा बुद्ध हुनेछ भनेर भविष्यव्याकरण गर्ने बुद्धको रुपमा चिनिन्छन् । यो पर्व काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, थिमी र नेवार बौद्ध धर्माबलम्वी भएको बिभिन्न बस्ती हरुमा मनाइन्छ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij